माछापुच्छ्रे बैंकको एटिएम मेसिन फोडेर पैसा चोर्न खोज्ने एकजना पक्राउ
प्रकाशित मिति: सोमबार, कार्तिक १७, २०७७ | १५:०३:५५
काठमाडौं,१७ कार्तिक ।
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली टिकापुर घर भई काठमाडौं बानेश्वर बस्ने १८ वर्षीय एक किशोर छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मिति : सोमबार, कार्तिक १७, २०७७ |
१५:०३:५५
4929


















