धनगढीको बम बिस्फोटमा एकजनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, साउन ०३, २०७६ | ६:४८:०३
धनगढी , ३ साउन
कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटलमा भएको बम बिष्फोटमा परी घाईते भएका राम सिंहको मृत्यु भएको छ ।
बिष्फोटबाट राम सिंहको पछाडिको भागमा निकै चोट लागेको थियो । उनले भिरेको भोला भित्र रहेको बम भित्तामा अडेस लगाउदा प्रेसरले पडकिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमै उपचारका क्रममा राति सवा ११ बजे मृत्यु भएको हो ।बम बिष्फोटमा परी घाईते भएका अन्य चार जनाको उपचार भईरहेको छ ।सिंहको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन ०३, २०७६ |
६:४८:०३
6667



















