रियल मड्रिडका हाजार्ड र क्यासेमिरोलाई कोरोना संक्रमण
प्रकाशित मिति: शनिबार, कार्तिक २२, २०७७ | १९:०६:१०
एजेन्सी,२२ कार्तिक ।
स्पेनिस च्याम्पियन रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र मिडफिल्डर क्यासेमिरोलाई कोरोना संक्रमण भएको छ ।
स्पेनिस क्लबले शनिबार विज्ञप्ति जारी गर्दै हाजार्ड र क्यसेमिरोलाई संक्रमण भएको पुष्टि गरेको हो । क्लबका अन्य खेलाडी र कर्मचारी सदस्यको भने रिपोर्ट नेगेटिभ आएको जनाएको छ । अघिल्लो दिन गरिएको परिक्षणमा हाजार्ड र क्यासेमिरोमा पोजेटिभ देखिएपछि आज विहान भएको परिक्षणमा यी दुई बाहेक सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।
मंगलबार भएको खेलमा इन्टर मिलानलाई ३-२ ले पराजित गरेको रियल लिग खेलको तयारीमा रहेको थियो । रियलले आइतबार हुने खेलमा भ्यालेन्सियाको सामना गर्ने तालिका रहेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्याड्रिड टोली सोसीडाडभन्दा १ अंकले पछाडी छ।
प्रकाशित मिति : शनिबार, कार्तिक २२, २०७७ |
१९:०६:१०
5545


















