ललितपुरबाट रेड पाण्डाको छालासहित ६ जना पक्राउ
काठमाडौं,२३ कात्तिक ।
ललितपुरमा रातो पाण्डाको छाला सहित प्रहरीले ६ जनालाई प्रकाउ गरेको छ ।
विशेष सूचनाको आधारमा ललितपुरको महालक्ष्मी नगरपालिका – ४ ईमाडोल स्थित दिपक लिम्बुको कोठाबाट रातो पाण्डाको छाला १ थान,बिभिन्न ब्राण्डका ७ थान मोवाईल प्रहरीले बरामद गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउपालिका २ घर भएका ३१ वर्षीय सुनिल गोले, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ४ घर भएका २४ वर्षीय प्रकाश तामाङ र खोटाङ दिक्तेल सुनापातीनगरपालिका ३ घर भएका २६ वर्षीय सोनाम राई ,ताप्लेजुङ फक्तङलुङ गाउपालिका ४ घर भएका ३५ वर्षीय दिपक लिम्बु, सिन्धुली तिनपाटन गाउपालिका ३ घर भएका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-४ ईमाडोल स्थित लिम्बुको कोठाबाट उनीहरुलाई आइतबार लुकाइराखेको छाला सहित फेला पारी पक्राउ गरेको हो।


















