बलिउड अभिनेता आसिफ बसरा मृत फेला
प्रकाशित मिति: बिहिबार, कार्तिक २७, २०७७ | २०:१५:४६
एजेन्सी,२७ कार्तिक।
भारतीय अभिनेता आसिफ बसरा हिमाचल प्रदेशको मैक्लोडगंजस्थित आफ्नो निजी निवासमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। धर्मशालानजिक रहेको मैक्लोडगंज एक प्रसिद्ध पर्यटक स्थल पनि हो।
हिमाचल प्रदेशका प्रहरी महानिर्देशक संजय कुडूले आसिफको मृत्युको पुष्टि गरेका छन्। उनी बितेका पाँच वर्षदेखि मैक्लोडगंजमा बस्दै आएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २७, २०७७ |
२०:१५:४६
4995


















