वरिष्ठ गायक जगतमर्दन थापाको निधन
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७ | १६:१७:३३
काठमाडौं,२२ मंसिर ।
वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । केही समयअघि कोरोना संक्रमण भएका थापाको ८५ वर्षको उमेरमा सोमबार बिहान १० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
कोरोना संक्रमणपछि निको भइसकेका थापालाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।
२०१८ सालमा ‘माया लुकाई लुक्दैन’ बोलको गीत भारतको कोलकातामा रेकर्ड गरेसँगै गायक थापाको गायन यात्रा शुरु भएको थियो। चार वर्षअघि नयाँ रेकर्डिङ गरेर उनको गीति अल्बम ‘माया लुकाई लुक्दैन’ सार्वजनिक भएको थियो।
आठ दशक पार गरेको उमेरमा पनि सक्रिय जीवन बाँच्दै आएका उनले पछिल्लो समय पनि गीत रेकर्ड गराउने क्रम टुटेको थिएन।
प्रकाशित मिति : सोमबार, मंसिर २२, २०७७ |
१६:१७:३३
4577


















