गायक बद्री पंगेनीलाई पितृशोक
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६ | १४:११:५९
काठमाडौं,२० माघ।
चर्चित लोकगायक बद्री पंगेनीलाई पितृशोक परेको छ । गायक पंगेनीका पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा निधन भएको छ । लामो समय देखी दम रोग बाट पिडीत रहेका पंगेनीका पिता बोधराजको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
गायक पंगेनीका पिता बोधराजको दाहसंस्कारका लागि पाल्पाको रामपुर लागिएको जनाइएको छ। बोधराजका दुई छोरा र एक छोरी छन् ।
प्रकाशित मिति : सोमबार, माघ २०, २०७६ |
१४:११:५९
4841
























