आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
प्रकाशित मिति: शुक्रबार, माघ ०९, २०७७ | १२:५६:२१
तनहुँ ,९ माघ ।
तनहुँमा आफ्नै ७२ वर्षीया आमालाई दाउराले हानेर हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । ७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–११ दरैपधेरोमा ३३ वर्षीय प्रेम दरै बिहीबार राति पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : शुक्रबार, माघ ०९, २०७७ |
१२:५६:२१
3829


















