ओमनविरुद्ध शरद भेषावकरले बनाए अर्धशतक
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६ | १६:१८:३०
काठमाडौँ,२२ माघ ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले अर्धशतक बनाएका छन् ।
एक विकेट लिएपछि क्रिजमा आएका शरदले ९७ बलमा अर्धशतक पूरा गरेका हुन् । अर्को छेउबाट लगातार विकेट गइरहेको बेला शरद भने अहिलेसम्म क्रिजमा डटेका छन् । अर्धशतक बनाउँदा ५ चौका प्रहार गरे ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले अहिले ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याइरहेको छ ।
यतिबेला नेपालको स्कोर ४३ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा १६३ रन रहेको छ भने क्रिजमा शरद भेषावकर र सन्दीप लामिछाने रहेका छन् ।
प्रकाशित मिति : बुधबार, माघ २२, २०७६ |
१६:१८:३०
5479



















