बलिउड अभिनेता राजीव कपूरको निधन
प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७ | १४:२१:२८
काठमाडौं,२७ माघ ।
बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ।
हृदयाघातका कारण ५८ वर्षको उमेरमा उनको मृत्यु भएको दाइ रणधीर कपुरले जानकारी दिएका छन्।
राजीव प्रख्यात अभिनेता राज कपुरका कान्छा छोरा तथा ऋषि कपुरका भाइ हुन्। उनले राज कपुरको फिल्म राम तेरी गंगा मैलीबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। उनले धेरै फिल्ममा भने काम गरेका छैनन्।
ऋषि कपुरको फिल्म ‘प्रेम ग्रन्थ’ को निर्देशन राजीव कपुरले गरेका थिए।
प्रकाशित मिति : मंगलबार, माघ २७, २०७७ |
१४:२१:२८
6689


















