आफ्नै घर पछाडि शौचालय गएकी १५ वर्षीया किशोरी बलात्कृत
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७ | १२:१४:५८
काठमाडौं, २८ माघ ।
सिरहामा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिरहाको कटहरिया कर्जन्हा नगरपालिका-११ बगाहाका ३७ वर्षीय गुनेश्वर सिंहलाई बलात्कारको आरोपमा प्रहरीले मंगलवार बेलुका पक्राउ गरेको हो।
बालिका आफ्नै घर पछाडि शौचालय गएको अवस्थामा गुनेश्वरले बलात्कार गरेपछि बालिकाको परिवार तथा आफन्तले देखेर गुनेश्वरलाई नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति : बुधबार, माघ २८, २०७७ |
१२:१४:५८
4379


















