आमिर खानकी छोरी इराले स्विकारिन् सम्बन्ध, प्रेमी नुपुरसँग सेयर गरिन् रोमान्टिक फोटो
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७ | १४:२२:००
काठमाडौं,३० माघ ।
आमिर खानकी छोरी इराले अन्ततः नुपुर शिखरेसँगको प्रेम सम्बन्ध स्वीकार गरेकी छिन्। इराले सम्बन्ध बारे बोल्न भ्यालेन्टाइन्स सप्ताह रोजेकी हुन्।
उनले आफ्नो र नुपुरका केही तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। ती तस्वीरमा उनीहरू बिचको निकटता झल्कन्छ। इराले पोस्टमा लेखेकी छिन्, ‘तिमीसँग र तिम्रालागि वचन लिनु एक सम्मान हो।’
उनले यो पोस्टमा प्रयोग गरेका ह्यास ट्यागहरूले स्पष्ट पार्छ नुपुर उनले ‘चाहेजस्तै’ मानिस हुन्। लेखेकी छिन् ‘ड्रिम ब्वाय’ हुन्। नुपुरले उक्त पोस्टमा प्रेमिल प्रतिक्रियाल जनाएका छन्। लेखेका छन् : म तिमीलाई माया गर्छु।
नुपुर आमिर खानका फिटनेस कोच हुन्।
प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७ |
१४:२२:००
9197


















