१४ वर्षीया वालिका बलात्कार गर्ने पक्राउ
प्रकाशित मिति: आइतबार, फाल्गुण ०२, २०७७ | ११:४४:५७
काठमाडौं, २ फागुन ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका ५ घर भएका २१ वर्षीय दिपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनायो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०२, २०७७ |
११:४४:५७
4401


















