लागुऔषध सहित दुई जना पक्राउ
नवलपुर, २० फागुन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट खटिएको विशेष टोलीले अवैध लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले जिल्लाको पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–१६ डण्डा बजार नजिकैको चालीस किलो जङ्गलमा सवारी साधन जाँच गर्ने क्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिपकुमार गिरीकाअनुसार जिल्लाको गैँडाकोट–५ का ३० वर्षीय तारा बुढामगर र बाग्लुङ घर भई हाल गैँडाकोट–५ बस्ने २८ वर्षीय प्रेमकुमार रानालाई पक्राउ गरिएको हो । बुधबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना७ख ६८१ नं को बसमा सवार उनीहरुको साथबाट प्रहरीले डाइजापाम ६० एम्पुल, फेनारगन ६० एम्पुल र नुर्फिन ६० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दुवै जनाविरुद्ध लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत मुद्दा चलाउनेगरी अनुसन्धान अगाडि बढाइएको गिरीले जानकारी दिनुभयो ।


















