चितुवाको छाला र हड्डीसहित पक्राउ
प्रकाशित मिति: बिहिबार, चैत्र ०५, २०७७ | १६:१२:४२
काभ्रे,५ चैत ।
चितुवाको छाला र हड्डीसहित एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ।
प्रहरीले काभ्रे खानीखोला गाउँपालिका-७ का ३४ वर्षीय टेकबहादुर थिङलाई मंगलबार आखेटोपहारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।
सिआइबीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचना पाएको थियो।
सो सूचनाको आधारमा खटिएको टोलीले काभ्रे बेथानचोक गाउँपालिका-२ ग्वाभञ्ज्याङ्गबाट चितुवाको छाला र हड्डीसहित थिङलाई पक्राउ गरेको हो।
थिङमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा पठाइएको छ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०५, २०७७ |
१६:१२:४२
4159


















