वडाअध्यक्ष अर्कै महिलालाई लिएर होटलमा, श्रीमतीले नै गरेकी थिइन् प्रहरीलाई खबर
प्रकाशित मिति: शुक्रबार, चैत्र ०६, २०७७ | १७:०७:२८
काठमाडौं,६ चैत ।
स्थानीय महिलालाई लिएर होटलमा बास बस्न पुगेका एक जनप्रतिनिधि प्रहरीको फन्दामा परेका छन् ।
अघिल्लो महिना १७ बर्षकी भागिरथी भट्टको बलात्कार र हत्याले तरङ्गित भएको ठाउँ बैतडीको दोगडाकेदार गाउँपालिका-७ का वडाअध्यक्ष भरत महरा आज झिसमिसेमै एक महिला लिएर होटलमा बसेको सूचना प्रहरीले पाएको थियो ।
वडाध्यक्षकी श्रीमती विमलाले नै प्रहरीलाई खबर गरेकी थिइन् । बिहान त्यस्तै चार बजेतिर खोचलेकस्थित एक होटेलको कोठामा शंकास्पद रुपमा स्थानीय महिलासँग बसेको भन्दै विमलाले प्रहरीलाई खबर गरेपछि उनीहरु पक्राउ परेका हुन् ।
दुवै जनालाई अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडी ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
महरा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०६, २०७७ |
१७:०७:२८
4401


















