कायराको नयाँ फोटोसुटले ततायो इन्टरनेट
प्रकाशित मिति: बुधबार, फाल्गुण ०७, २०७६ | १४:४०:५०
दिल्ली, ७ फागुन
कविर सिंह चलचित्रबाट प्रख्यात बनेकी बलिउड अभिनेत्री कायरा आडवानीले हालै गरेको फोटोसुटको फोटो सार्वजनिक भएपछि यसले भारतमा ठूलो चर्चा पाएको छ।
२७ वर्षीया कायराले फोटो आफ्नै इन्स्टाग्राममा पोस्ट गरेकी छिन्।
ठूलो पातले शरीर ढाकेको फोटो सार्वजनिक भएपछि यतिबेला उक्त तस्बिरले भारतको सामाजिक सन्जाललाई तताएको छ।
भारतभर कायराको मात्र चर्चा हुन थालेको भारतीय संचारमाध्यमले जनाएका छन्।
मानिसहरुले कायराको फोटोमा सक्रियरुपमा प्रतिक्रिया जनाइरुहेका छन्। कायराले दिएको जानकारी अनुसार उनले ड्याबो रतनानी क्यालेन्डरको लागि उक्त फोटोसुट गरेकी हुन्।
https://www.instagram.com/p/B8tb_w5HCtW/?utm_source=ig_embed
प्रकाशित मिति : बुधबार, फाल्गुण ०७, २०७६ |
१४:४०:५०
4753
























