साउथ फिल्मका अभिनेता मारनको कोरोना संक्रमणबाट निधन
प्रकाशित मिति: बिहिबार, बैशाख ३०, २०७८ | १३:२२:४८
काठमाडौं,३० वैशाख ।
साउथ फिल्मका अभिनेता मारनको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ ।
उनको बिहिबार बिहान ४८ वर्षको उमेरमा निधन भएको भारतिय मिडियामा जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको बिहिबार बिहान निधन भएको हो ।
उनले साउथका चर्चित अभिनेताहरुसँग काम गरेका थिए । गिल्ली, कुरुवी, डिशुम, थल्यानगरम लगायतका उनका फिल्म चर्चित छन् । उनको निधनको खबरले साउथ अभिनेताले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख ३०, २०७८ |
१३:२२:४८
3477


















