चेल्सीको लज्जास्पद हार, बायर्न अर्को चरणमा पुग्ने सम्भावना बलियो
प्रकाशित मिति: बुधबार, फाल्गुण १४, २०७६ | ८:४६:२२
काठमाडौँ,१४ फागुन ।
च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा जर्मनीको क्लब बायर्न म्युनिखले चेल्सीमाथि फराकिलो जित हासिल गरेको छ ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा बायर्नले चेल्सीमाथि ३-० को जित हासिल गरेको छ ।
बायर्नको जितमा सर्जी ग्नाब्रीले २ गोल गरे भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ८३औ मिनेटमा चेल्सीका मार्कोस एलोन्जोले रातो कार्ड पाएर मैदान छोड्दा चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।
२०१२ को च्याम्पियन्स लिग फाइनल पछि पहिलो पटक खेलेका चेल्सी र बायर्नको यो खेल पछि चेल्सीको च्याम्पियन्स लिग यात्रा अब संकटमा परेको छ । अब दोस्रो लिगमा बायर्नको घरेलु मैदानमा चेल्सीले कम्तिमा ४ गोल गर्नुपर्ने भएको छ ।
अब अन्तिम १६ को रिटर्न लिग बायर्नको घरेलु मैदानमा मार्च १९ मा हुने छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १४, २०७६ |
८:४६:२२
5479



















