मैतीदेवीस्थित एकै घरमा रहेका दुईवटा सहकारीमा लुटपाट
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८ | १५:३१:११
काठमाडौं,१७ जेठ ।
काठमाडौंको मैतीदेवीस्थित एउटा घरमा रहेका २ वटा सहकारीमा लुटपाट भएको छ। नगद, सुनका गहना तथा कम्प्युटर चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिका-२९ मैतीदेबीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली ऋण तथा सहकारी संस्थाबाट नगद र सुनका गहना लुटिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार गौथली सहकारी संस्थाबाट बिहीबार सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : सोमबार, जेठ १७, २०७८ |
१५:३१:११
7811


















