सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८ | १३:०९:०१
सिरहा,२३ जेठ ।
सिरहामा एक औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ। गोली प्रहारबाट ती व्यवसायी घाइते भएका छन्। मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफीमाथि शनिबार राति अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार गोली प्रहारबाट घाइते भएका साफीको घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको छ। पसलमा बसिरहेको अवस्थामा शनिबार राति करिब ८ बजे अज्ञात समूहले साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
घाइते सफीको स्थानीय अस्पतालमा उपचार जारी छ।
प्रकाशित मिति : आइतबार, जेठ २३, २०७८ |
१३:०९:०१
4291


















