कोरोनाका कारण भारतमा एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु
प्रकाशित मिति: बिहिबार, जेठ २७, २०७८ | १२:५३:३९
एजेन्सी, २७ जेठ।
भारतमा कोरोना भाइरसका कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको मृत्यु भएको हो ।
बिहार सरकारले कोरोना संक्रणका कारण मृत्यु हुनेको संख्यामा ३ हजार ९५१ अद्यावधिक गरेकाले आँकडा बढेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । कोरोनाबाट बिहारमा जुन ९ सम्म ९ हजार ४२९ जनाको मृत्यु भएको जनाइएको छ ।
कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको मृत्यु भइसकेको भारतमा पछिल्लो २४ घण्टामा भने नयाँ संक्रमित जम्मा ९४ हजार ५२ जना फेला परेका छन् ।
कुल संक्रमित दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुग्दा २३ करोड ९० लाख ५८ हजारले खोप लगाएका छन् ।
प्रकाशित मिति : बिहिबार, जेठ २७, २०७८ |
१२:५३:३९
4181


















