आलियाको ‘गंगुबाई काठियावाडी’को छायांकन सकियो
प्रकाशित मिति: आइतबार, आषाढ १३, २०७८ | १३:४४:३०
मुम्बई,१३ असार ।
बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीको चलचित्र ‘गंगुबाई कठियाडवाडि’को छायांकन सकिएको छ । चलचित्रमा अभिनेत्री आलिय भट्टको मुख्य भूमिका रहेको छ ।
चलचित्रका निर्देशक, अभिनेत्रीलगायत कोरोनाको चपेटामा परेका थिए । जसका कारण लामो समय छायांकन रोकिएको थियो ।
एउटा चलचित्रको छायांकन सकिएलगतै निर्देशक भन्साली सोही सेटलाई प्रयोग गरी अर्को चलचित्र छायांकन गर्ने योजना बुनिरहेका छन् । नवभारत टाइम्सका अनुसार भन्सालीले आफ्नो वेब सिरिज ‘हिरा मन्डी’को छायांकन सुरु गर्न लागेका छन् । सो वेब सिरिजमा भन्सालीको निर्माण र विभु पुरीको निर्देशन रहनेछ ।‘गंगुबाई काठियावाडि’ बायोपिक क्राइम ड्रामा फिल्म हो ।
प्रकाशित मिति : आइतबार, आषाढ १३, २०७८ |
१३:४४:३०
6029






















