युभेन्टसका डिफेन्डरलाई कोरोना संक्रमण
प्रकाशित मिति: बिहिबार, फाल्गुण २९, २०७६ | १३:१८:५७
काठमाडौं, २९ फागुन ।
युभेन्टसका डिफेन्डर डानीयल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । युभेन्ट्सले रुगानीको कोरोना टेस्ट पोजेटिभ देखिएको जानकारी दिएको हो ।
उनलाई आइसोलेसनमा राखिएको छ । २५ बर्षिय रुगानी यस सिजनमा युभेन्टसका लागि केवल ७ खेल खेलेका छन् भने पछिल्लो पटक इन्टरमिलानविरुद्ध बिना दर्शक खेलेको खेलमा पनि उनी बेन्चमा नै थिए ।
पछिल्लो समय इटालीमा कोरोना महामारीको रुपमा फैलिएको छ । इटाली सरकारले देशमा आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २९, २०७६ |
१३:१८:५७
5017






















