गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो
प्रकाशित मिति: बिहिबार, मंसिर २९, २०७९ | १८:०४:०३
काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो ।
उनी डिसेम्बर १० मा अमेरिकाको डालसमा पुगेकी थिईन् । उनले भनिन् ‘यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे जानकारी गराएँ, तर उहाँहरुले मान्नुभएन । ’
उाका अनुसार काठमाडौं दूतावासमा गएर पुनः पी–३ भिसा लिएर आउन उहाँहरुले भन्नुभएको छ । सोहीअनुसार दूतावासमा पुगेर काउन्सिलरसँग कुरा गर्छु ।ग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर २९, २०७९ |
१८:०४:०३
5985


























