‘राम नाम सत्य’ले कमायो ३ करोड ३१ लाखभन्दा बढी, ‘पहाड’को व्यापार कमजोर
प्रकाशित मिति: सोमबार, बैशाख १४, २०८३ | १२:४५:१८
चितवन, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन–ड्रामा फिल्म ‘राम नाम सत्य’ले देशभरबाट ३ करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस कमाएको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो शनिबारसम्मको बक्सअफिस विवरणअनुसार सो अवधिसम्म फिल्म हेर्ने दर्शकको संख्या १ लाख १७ हजार ५६४ पुगेको छ।
त्यस्तै, तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’को व्यापार भने कमजोर देखिएको छ। शनिबारसम्म यस फिल्मले कुल ६१ लाख ७७ हजार २६२ रुपैयाँ ग्रस कमाएको बोर्डले जनाएको छ।
प्रकाशित मिति : सोमबार, बैशाख १४, २०८३ |
१२:४५:१८
287
























