स्वस्तिमा खड्का : ‘लालीबजार’ मेरो करिअरको सम्झनलायक चलचित्र
प्रकाशित मिति: शुक्रबार, बैशाख २५, २०८३ | १७:२३:०५
चितवन, २५ बैशाख । स्वस्तिमा खड्का पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चरित्रप्रधान भूमिकाका लागि परिचित अभिनेत्री बन्नुभएको छ ।
होस्टेल रिटन्स बाट अभिनय यात्रा सुरु गर्नुभएकी उहाँलाई ‘कुटुमा कुटु’ गीतले व्यापक चर्चा दिलाएको थियो ।
बुलबुल मा ट्याम्पो चालक र चिसो मान्छे मा सुदूरपश्चिमको महिलाको भूमिकाले उहाँलाई गम्भीर अभिनेत्रीका रूपमा स्थापित गरायो । अहिले उहाँ अभिनीत नयाँ चलचित्र लालीबजार चर्चामा छ ।
आजदेखि प्रदर्शनमा आएको चलचित्रमा स्वस्तिमाले वादी समुदायकी महिलाको भूमिका निर्वाह गर्नुभएको छ । उहाँका अनुसार चलचित्रले एउटी आमाले आफ्नो छोरीका लागि समाज र परिस्थितिसँग गर्ने सङ्घर्षलाई चित्रण गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २५, २०८३ |
१७:२३:०५
89


























