‘परान’ बन्यो २०८२ कै सर्वाधिक कमाउने नेपाली फिल्म
प्रकाशित मिति: सोमबार, चैत्र २३, २०८२ | १९:३०:३५
चितवन, २३ चैत्र । नीर शाहको मुख्य भूमिका रहेको परान २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको वर्षभरि रिलिज भएका नेपाली फिल्महरूको सूचीमा ‘परान’ शीर्ष स्थानमा रहेको हो।
फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाइ गर्दै अग्रस्थान कायम गरेको छ। साथै, ६ लाख ३० हजार ६९१ वटा टिकट बिक्री भएको उल्लेख गरिएको छ।
यस्तै, दोस्रो स्थानमा बाट आमा रहेको छ, जसले १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। उक्त फिल्ममा पल शाहको मुख्य भूमिका रहेको छ र यसको ५ लाख ४ हजार ३१९ वटा टिकट बिक्री भएको छ।
प्रकाशित मिति : सोमबार, चैत्र २३, २०८२ |
१९:३०:३५
1321

















