प्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
प्रकाशित मिति: आइतबार, चैत्र २९, २०८२ | १५:२९:०३
चितवन, २९ चैत्र । प्रख्यात भारतीय पार्श्वगायिका आशा भोसलको ९२ वर्षको उमेरमा निधन भएको छ। आइतबार दिउँसो मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो। हृदय तथा श्वासप्रश्वाससम्बन्धी समस्यापछि उहाँलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो।
दीर्घ संगीत यात्राका क्रममा उहाँले १२ हजारभन्दा बढी गीतमा स्वर दिनुभएको थियो। “दम मारो दम”, “पिया तू अब तो आजा” र “चुरा लिया है तुमने” जस्ता उहाँका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। भारतीय संगीतसँगै उहाँले नेपाली संगीत क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै थुप्रै कालजयी तथा सुमधुर गीतमा स्वर दिनुभएको थियो।
प्रकाशित मिति : आइतबार, चैत्र २९, २०८२ |
१५:२९:०३
1827























