मोटरसाइकल दुर्घटनमा चालकको मृत्यु
प्रकाशित मिति: बिहिबार, पौष ०७, २०७९ | २०:२०:२४
काठमाडौं, ७ पुस | सिरहामा मोटरसाइकल पल्टिएर भएकाे दुर्घटनामा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् । मंगलम अस्पतालबाट थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, पौष ०७, २०७९ |
२०:२०:२४
6447



















