नेपाली सेनाका प्रमुख सेनानी मृत फेला
प्रकाशित मिति: सोमबार, पौष ११, २०७९ | १४:१५:०३
सुर्खेत, ११ पुस । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् । उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, पौष ११, २०७९ |
१४:१५:०३
11001



















