बलिउड अभिनेता सिद्धार्थसँग विवाह गर्दै कियारा
प्रकाशित मिति: सोमबार, पौष १८, २०७९ | १६:१९:२१
बलिउड स्टार सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी विवाह गर्ने भएका छन्। आगामी फेब्रुअरी ६ मा उनीहरुको विवाह हुने भएको छ। उनीहरुले राजस्थाननमा विवाह गर्ने पक्का गरेका छन्। उनीहरुले आफ्नो डेस्टिनेशन वेडिङका लागि राजस्थानकको जैसलमेर चुनेका छन् । स्थानीय सूर्यगढ होटेलमा उनीहरुको विवाह गर्ने बताइएको छ। सिद्धार्थ र कियाराबीच पहिलो भेट वेब सीरिज ‘लस्ट स्टोरीज’ को र्याहपअप पार्टीमा भएको थियो। कियाराले त्यो रात र त्यसबेला भएको कुराकानी आफूले कहिल्यै नभुल्ने बताएकी छिन्।
कियाराको वास्तविक नाम आलिया हो। सलमान खानले आलिया बलिउडमा पहिल्यै स्थापित नाम रहेकाले नयाँ नाम कियारा राखिदिएका थिए। ‘फुगली’बाट बलिउडमा टेकेकी कियाराको चर्चा ‘कबिर सिंह’बाट चुलिएको हो।
उनीहरु पछिल्लो समय नेशनल अवार्ड विजेता फिल्म ‘शेरशाह’मा एकसाथ देखिएका थिए।
प्रकाशित मिति : सोमबार, पौष १८, २०७९ |
१६:१९:२१
7921


























