के दीपाश्री निरौलाले विवाह गरिन् ?
सामाजिक सञ्जालमा यतिबेला अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको विवाहको खबर चर्चामा रहेको छ । सिउँदोमा सिन्दूर हालेको तस्विर बाहिर आएपछि धेरैले उनले विवाह गरिसकेको भन्दै तस्विर साझा गरिरहेका छन् । अविवाहित रहेकी निरौला सिउँदोमा सिन्दूर हालेपछि चर्चामा आएकी हुन् । जानकारी अनुसार निर्देशक निरौला चन्द्रागिरिमा अभिनेता दीपकराज गिरीसँगै पुगेकी थिइन् । सोही अवसरमा उनको सिउँदोमा सिन्दूर देखियो । दीपाश्रीले सिन्दूर हालेको भिडियोलाई भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले टिकटकमा पोस्ट गरेका थिए । उक्त भिडियोमा दीपकराज गिरी पनि संगै देखिएका छन् । उक्त टिकटक भिडियो अहिले भाइरल भएको छ । कतिपयले दीपाले किन सिन्दूर लगाएर मन्दिरमा पुगिन् भन्ने प्रश्न पनि गरिरहेका छन् ।
कतिले दीपकसँग दीपाले विवाह गरेको हो कि भनिरहेका छन् । तर सत्य भने केही फरक रहेको छ । वास्तवमा भिडियोमा निरौला ‘छक्कापञ्जा ४’को गीतका लागि सिन्दूरमा देखिएकी हुन्, उनको विवाह भएको छैन् । ‘छक्कापञ्जा ४’को गीत सुटिङका लागि दीपक र दीपाश्री चन्द्रागिरि पुगेका हुन् ।


















