बलिउडमा दुई चिज बिक्छ, सेक्स र शाहरुख खानः नेहा धुपिया
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ | ९:०७:३६
बलिउडमा मात्र हाेइन हाल संसारभर नै शाहरुख खान अभिनित फिल्म ‘पठान’ ले तहल्का मच्चाइरहकाे छ। सुस्ताइरहेकाे बलिउडकाे बजारलाई पठानकाे व्यापारले नयाँ उर्जा दिएकाे छ। पठानकै कारण उता लगातार फ्लप फिल्म दिइरहेका बलिउडका बादशाह मानिने शाहरुख खानकाे चर्चा पनि सबैतिर भइरहेकाे छ।
बलिउडकी अभिनेत्री नेहा धुपियाले सन् २००४ मा एक अन्तरवार्तामा भनेकी थिइन्, ‘बलिउडमा दुई चिज बिक्छ, सेक्स र शाहरुख खान।’
पठान र शाहरुखको सफलतापछि धुपियाले अहिले पनि उनले भनेकाे कुरा सहि भएकाे बताइन्।
आफूले बाेलेकाे त्यही कुरामा जाेड दिँदै उनले ट्वीट गरेकी छन्, ‘२० वर्षपछि पनि मेरो भनाइ सही नै भएकाे छ। यो कुनै कलाकारको करिअरकाे कुरा होइन। याे बादशाहको शासन हो।’
प्रकाशित मिति : सोमबार, माघ १६, २०७९ |
९:०७:३६
7679


















