जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
प्रकाशित मिति: बुधबार, फाल्गुण २४, २०७९ | १७:२९:४७
काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २४, २०७९ |
१७:२९:४७
6425



















