राष्ट्र हितमात्रै काम गर्न नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव
प्रकाशित मिति: बिहिबार, फाल्गुण २५, २०७९ | १८:१४:२४
काठमाडौं, २५ फागुन | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्र हितलाई केन्द्रमा राखेरमात्रै काम गर्न आग्रह गरेका छन् । ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन,’ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पौडेल निर्वाचित भएपछि नेपालले भने । राष्ट्रपति निर्वाचित भइसकेपछि गठबन्धन स्वभाविकरूपमा अगाडि बढ्ने नेपालको प्रतिक्रिया छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २५, २०७९ |
१८:१४:२४
6931



















