कांग्रेस उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेट
प्रकाशित मिति: बिहिबार, चैत्र ०९, २०७९ | १९:३८:५१
काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच खड्काको निवास गोल्फुटारमा भेटवार्ता भएको हो । भेटमा नेपाल र चीन दुई छिमेकी मुलुकका आपसी हित र चासोका विषयमा विस्तृत छलफल भएको थियो ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०९, २०७९ |
१९:३८:५१
6513



















