पश्चिम बंगालको चुनावमा झडप, १८ जनाको हत्या
प्रकाशित मिति: आइतबार, आषाढ २४, २०८० | ७:०८:४२
काठमाण्डौं– भारतको पश्चिम बंगालमा शनिवार भएको पञ्चायत चुनावमा मतदानका क्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताबीच झडप, बन्दुक प्रहार र बम प्रहारका घटना भएका छन् । दिनभर भएका घटनामा १८ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले सुरक्षाका लागि प्रदेशभर १ लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।
मृत्यु हुनेमा टीएमसीका १०, भारतीय जनता पार्टी (भाजपा) का ३, भारतीय कांग्रेसका ३ र सीपीआईएमका २ कार्यकर्ता रहेका छन् । हिंसाका घटना बंगालका मुर्शिदाबाद, कूचबिहार, पूर्वी बर्दवान र मालदामा भएका थिए । राज्यपाल सीवी आनन्द बोसले निर्वाचनमा गरीबी अन्त्यको एजेन्डा बन्नुपर्नेमा गरीबलाई मारेर अन्त्य गर्ने अभ्यास भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रकाशित मिति : आइतबार, आषाढ २४, २०८० |
७:०८:४२
6271


















