२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद
प्रकाशित मिति: बिहिबार, साउन ११, २०८० | ९:५२:३९
नेपालगञ्ज,११ साउन | बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ । घटना बुधबारको हो ।
नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा देखिएको उल्लेखित मुल्यको NTC र NCELLको रिचार्ज कार्ड सुरक्षा वेश कुसुमले बरामद गरेको हो । बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन ११, २०८० |
९:५२:३९
7019














