एमाले मुख्यालयमा सुवास नेम्वाङको स्मृति सभा जारी
प्रकाशित मिति: मंगलबार, आश्विन ०२, २०८० | १७:४०:०५
काठमाडौं । नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय देखि सात वटै प्रदेशमा ‘सुवास र संविधान’ विषयक विचार गोष्ठि आयोजना गरिरहेको छ । त्यही क्रममा केन्द्रीय कार्यक्रममा एमालेले पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा गोष्ठि आयोजना गरिरहेको छ । पार्टी अध्यक्ष केपी ओलीको उपस्थितीमा जारी कार्यक्रममा अहिले विभिन्न राजनीतिक दलका नेताहरुले आफनो धारणा राखिरहेका छन् ।
केन्द्रीय कार्यालयमा तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठी आयोजना गरिएको छ। गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, लगायतका नेताहरुको सहभागिता रहेको छ।



प्रकाशित मिति : मंगलबार, आश्विन ०२, २०८० |
१७:४०:०५
4665



















