छठ पूजा गर्न राष्ट्रपति पौडेल गुह्येश्वरीमा
प्रकाशित मिति: आइतबार, मंसिर ०३, २०८० | १७:२९:२२
काठमाडौं । छठ पर्वमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल गौरीघाट स्थित गुह्येश्वरी पुगेका छन । आइतबार पौडेलले गुह्येश्वरी पुगेर त्यहाँ तयार पारिएको छठी माताको दर्शनसहित पूजाआजा गरे । छठ पर्वको दिन अस्ताउँदो सूर्यलाई पूजाआजा गर्ने र भोलीपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिने प्रचलन छ । यसअघिका राष्ट्रपतिहरू पनि छठ मनाउनका लागि गुह्येश्वरी पुग्ने गरेका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर ०३, २०८० |
१७:२९:२२
7349



















