दुर्गा प्रसाईंलाई घरमै ‘नजरबन्द’ गरिएको भन्दै सर्वोच्चमा रिट
प्रकाशित मिति: शुक्रबार, मंसिर ०८, २०८० | १६:१९:२७
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरेर राखिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रसाईं पक्षका कानुन व्यवसायीले शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन । रिट वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट दर्ता गराएका हुन । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।
प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिएको छ । प्रसाईं भने घरबाट बाहिर निस्केका छैनन ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०८, २०८० |
१६:१९:२७
5765



















