रास्वपाको दबाब अभियान आजदेखि सुरु हुँदै
प्रकाशित मिति: आइतबार, माघ २१, २०८० | १०:००:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । मेलम्ची परियाेजनाकाे दीर्घकालिन हितमा काम नगरी अस्थाइ तवरले पानी पथान्तरण गर्ने साेच राखिएकाे र याेजना समयमा पुरा नभएकाे भन्दै रास्वपाले दबाब यात्रा गर्न लागेकाे हाे । आइतबार बिहान १० बजे मेलम्ची नगरपालिका—११ स्थित परियोजनाको कार्यालयबाट दबाब यात्रा सुरू हुने रास्वपाले बताएको छ ।
पहिलो चरणअन्तर्गत् माघ २१ देखि चैत २१ सम्म प्रत्येक प्रदेशका तीन—तीनवटा योजनामा दबाब यात्रा गरिने रास्वपाले बताएको छ । रास्वपाले यसअघि पुस ९ देखि ११ गतेसम्म नारायणगढ—बुटवल ११३ किलोमिटर सडक खण्डमा दबाब यात्रा गरेको थियो ।
प्रकाशित मिति : आइतबार, माघ २१, २०८० |
१०:००:५४
7811



















