कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८० | १०:५०:४२
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री केशबकुमार बुढाथोकीको निधनले भएको छ । निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापा, शनिस्चरे निवासी हुन्। उनी पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय थिए । बुढाथोकीको पार्थिव शरीर मंगलबार नै गृहजिल्ला पुर्याएर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ २३, २०८० |
१०:५०:४२
5347





















