मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा एमाले
प्रकाशित मिति: आइतबार, फाल्गुण ०६, २०८० | १२:३८:३०
काठमाडौं । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आइतबार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो । मधेस प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्दैछ। सोही बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम छ। त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताए ।
मधेस प्रदेश सभामा १०७ सांसद छन्। जसमध्ये एमालेका २४ जना छन्। सभामा कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन्।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०६, २०८० |
१२:३८:३०
4005





















