त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता, खोजीका लागि गोताखोर परिचालन
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ | १४:३०:२१
चितवन, १६ जेठ । तनहुँ देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता भएकी छन् । सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ त्रिशुली नदीमा पौडी खेल्ने क्रममा जेठ १५ गते बिहिबार साँझ ६ बजे डुवेर बेपत्ता भएकी हुन् ।
बालिकाको खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
उनको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमाण्डमा गोताखोरसहितको सुरक्षा फौज शुक्रबार बिहान ११ बजेदेखि परिचालन भएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, जेठ १६, २०८२ |
१४:३०:२१
2597



















