साइबर अपराधमा पक्राउ परेका पूर्वसचिव उपाध्यायमाथि पाँच वर्ष कैद माग्दै मुद्दा दर्ता
प्रकाशित मिति: आइतबार, बैशाख १४, २०७७ | १५:१९:५७
काठमाडौं,१४ वैशाख
साइबर अपराधको मुद्दामा पक्राउ परेका सरकारका पूर्वसचिव भीम उपध्यायविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथावाभी टिप्पणी गरेको भन्दै उपध्यायलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
बिहीबार जिल्ला अदालत काठमाडौंमा उनलाई पेश गरिएकोमा अदालतले तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
तीन दिनको अनुसन्धानपछि प्रहरीले विद्युतीय कारोवार ऐनको दफा ४७ बमोजिम पाँच वर्षसम्मको कैद सजाय वा एक लाख रुपैयाँसम्म जरिवाना माग गर्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको साइवर ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले बताए।
ने।
प्रकाशित मिति : आइतबार, बैशाख १४, २०७७ |
१५:१९:५७
4863


















