कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव
प्रकाशित मिति: बुधबार, आश्विन ०१, २०८२ | १६:००:५१
चितवन, ०१ असोज । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा शव फेला परेकाे छ । बुधबार बिहान भाटभटेनीको चौथो तलामा शव भेटिएको हो । मृतक रामेछापको खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइली रहेको खुलेको छ ।
याे सँगै जेनजी आन्दाेलनमा ज्यान गुमाउनेकाे संख्या ७४ पुगेको छ ।
प्रहरीका अनुसार अस्थिपन्जर मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको छ । शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन ०१, २०८२ |
१६:००:५१
4159



















