जंगली हात्ती मृत फेला
प्रकाशित मिति: शनिबार, आश्विन ०४, २०८२ | ११:५४:०३
चितवन, ०४ असोज । मेचीनगरमा धान खेतमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।
शनिबार बिहान करिब ८ बजे मेचीनगर-१ स्थित स्थानीय कमल कार्कीको खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो ।
घटनाबारे सूचना पाएलगत्तै डिभिजन वन कार्यालय झापाको टोली घटनास्थल पुगेको डिभिजन वन प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, आश्विन ०४, २०८२ |
११:५४:०३
3433



















