चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सात सवारी ठोक्किँदा सात जना घाइते
प्रकाशित मिति: शनिबार, कार्तिक ०१, २०८२ | ८:२०:२४
चितवन, ०१ कार्तिक । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रकसहित सात वटा सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।
बिहान भएको उक्त दुर्घटनापछि घाइतेहरूको उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदैछ। दुर्घटनाको थप विवरण सार्वजनिक हुन बाँकी छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक ०१, २०८२ |
८:२०:२४
4687

















